काठमाडौं। आज(शक्रबार)देखि चितवनमा ‘आठौं नेपाल फर्मा एक्स्पो २०२२’ सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो नेपाल औषधि उत्पादक संघले आयोजना गरेको हो।
फागुनमा आयोजना हुने भनिएको एक्सपो कोभिड १९ को संक्रमणका कारण स्थगित भएको थियो। ११ गते सम्म सञ्चालन हुने एक्स्पोमा नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र संवेदनशिलताको बारेमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने साथै औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने बताइएको छ।
एक्स्पोमा औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न एक सय २० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरुसहित एक सय ६० स्टल रहने छन् ‘’।
प्रतिक्रिया