Developed By Kuldeep Sharma

June 5, 2022

रगतको मूल्य अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म पर्ने

काठमाडौं। रगतको मूल्य बढेको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकोमा अब प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको छ।

सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो मुल्य कायम गरेको हो। स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma