Developed By Kuldeep Sharma

July 26, 2022

सडकमा बस्ने मानिसहरुको उपचारका लागि प्रहरी सेवा अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

काठमाडौं। सडकमा बस्ने मान्छेहरुको स्वास्थ्योपचारलाई सहज बनाउनका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता भएको छ। मानवसेवा आश्रमको संरक्षणमा आइपुगेका बेवारिसे नागरिकको अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात आश्रमको संरक्षणमा रहेका व्यक्तिहरुलाई विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत छुट्याइएको तीन शय्यामा राखी उपचार गरिने अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्नापश्चात औषधी र औषधीजन्य सामग्रीहरु समेत निशुल्क उपलब्ध गराइने छ।

यो सम्झौता एक वर्षको लागि रहेको बताइएको छ। हाल करिब १५०० व्यक्तिहरु मानवसेवा आश्रमको संरक्षणमा आश्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma