Developed By Kuldeep Sharma

April 29, 2022

किन दुख्छ ढाड ? यसका लक्षण र दुखाइबाट कसरी जोगिने

काठमाडौं।उहिल्यै बुढापाका भन्ने गर्थे–ढाड, कम्मर दुखाइ त बुढेसकालमा मात्र हुने हो, युवा अवस्थामा हुँदैन। सामान्यतः ढाड दुखाइलाई उमेर बढ्दै गएपछि हड्डी कमजोर भई हुने समस्याका रुपमा लिइन्छ। तर अचेल यो समस्या बालकदेखि वृद्धसम्म सबैलाई भएको छ। अहिले सायद ढाड तथा कम्मर दुखाइबाट कोही पनि अलग छैन।

के बढ्दो उमेरसँगै र बुढेसकालमा गएर ढाड तथा कम्मर दुखाइ हुनै पर्ने हो तरु

मेरुदण्ड हाम्रो शरीरको खम्बा हो जसलाई हामी कम्मर, ढाड अर्थात् पिठ्यूँ पनि भन्छौं। जसरी घर ठाडो र बलियो पार्न पिलर बलियो हुनुपर्छ त्यसैगरी हाम्रो शरीरलाई सिधा रहन, दायाँबायाँ फर्कन, निहुरिन मेरुदण्ड लचिलो र बलियो हुनुपर्छ। वास्तवमा मेरुदण्डको लचकताले नै हाम्रो शरीरको स्वस्थता झल्काउँछ। जति मेरुदण्ड लचिलो हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ।

यसकारण दुख्छ

हड्डी खिइँदा पनि ढाड दुख्ने समस्या हुन्छ। महिलामा पाठेघर, क्यान्सर समस्याले पनि ढाड दुख्ने हुन्छ। ‘कतिपय रोगका कारण पनि ढाड दुख्छ’, हाडजोर्नी तथा नसा रोग डा। सुसन वैद्यले भने। क्षय रोग, बाथ रोगका कारण यो समस्याले सताउँछ। मोटोपन भएका व्यक्तिमा पनि ढाड दुख्ने समस्या हुने गर्छ। शारीरिक श्रम गर्ने, भारी बोक्ने, माटो खन्नेलाई पनि ढाड दुख्छ। किसान, मजदुरमा पनि यो समस्या देखापरेको छ। खानामा पौष्टक आहारको कमीले पनि ढाड दुख्ने डा। श्रेष्ठको भनाइ छ। छारे रोग, दमको औषधिका साथै स्टेरोइड लिइरहेकाहरूमा ढाडको समस्या देखापर्न सक्छ ।

भारोत्तोलनका खेलाडीले लगाउने बेल्ट राम्रो नभएको अवस्थामा पनि यो समस्याले सताउन सक्छ। गृहिणीलाई लुगा धुँदा पनि ढाड दुख्ने हुन्छ। मिर्गौलाको बिरामी, हड्डी कमलो, क्याल्सियम कमी भए पनि हड्डी दुख्ने समस्या हुन्छ। डा। श्रेष्ठका अनुसार पलेंटी मारेर बस्दा दबाब मेरुदण्डमा पर्छ। बसाइको तरिका पनि मिल्दैन। यसले गर्दा पनि अन्त्यमा ढाडको समस्या निम्तिन सक्छ ।शारीरिक वजनका कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ। कामले लामो समय उभिनुपर्ने व्यक्तिहरू ढाड दुखाइ सहन बाध्य हुन्छन् ।

ढाड दुख्ने समस्या देखिने बेला सुरुमा मांशपेसी खुम्चिन्छ। नसा खुम्चिने पनि हुन्छ। ढाडको बीचमा हुने डिस्कको समस्याले दुखाइ महसुस हुन्छ। मेरुदण्डको बनावटले पनि ढाड दुख्छ। महिनावारीपछि पनि हर्मोनको कमीले अस्टियापोरियोसिस भएर ढाड दुख्ने हुन सक्छ। ‘महिनावारी रोकिएको १० वर्षमा ढाड दुख्ने समस्या बढी देखापर्छ’, उनले भने, ‘त्यो समयमा हड्डी खिइन सुरु हुन्छ। पुरुषहरूको ७० वर्षपछि हड्डी खिइने समस्याले गर्दा ढाड दुख्छ ।’

ढाड दुखाइका लक्षण

ढाडको मांसपेसीमा तनाव भई धेरै बेर एउटै आसनमा बस्न नसक्नु।

लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेसी दुख्नु।

कम्मरको पछाडिको भाग, नितम्ब र खुट्टाहरु झमझम गर्नु।

लामो समयसम्म हिँड्न गाह्रो हुनु।

खुट्टा, नितम्बको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने।

छिट्टो थकाइ महसुस हुने।

दिसा, पिसाब कन्ट्रोल नहुने वा बन्द हुने।

ढाडको दुखाइबाट कसरी जोगिने यसलाई गर्नुपर्ने स्याहार,सुसार

धेरै दिन आराम गर्ने र सक्रिय नहुनाले ढाड दुख्ने समस्याबाट आराम हुन्छ भन्ने सोच गलत हो। तसर्थ सम्भव भएसम्म  छिटोभन्दा छिटो आफ्नो गतिविधिलाई पुनः सुरु गर्नुपर्छ।

शारीरिक र पेसागत थेरापीहरुबाहेक दैनिक क्रियाकलापमा सहभागी हुने।

स्पाइनको सही आसन कायम गर्ने।

एउटै आसनमा धेरैबेर नबस्ने।

घर वा बाथरुममा एउटै हातले भारी सामान नउठाउने।

कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने।

निहुरेर धेरै काम नगर्ने वा भारी वजन शरीरभन्दा धेरै टाढा राखेर नउठाउने।

काम गर्दा वा दैनिक क्रियाकलापहरुमा उपयुक्त आसन बनाउने।

धेरै तनाव नलिने।

आत्मविश्वास सिर्जना गर्ने।

जागिरमा असन्तुष्टि एवं गाह्रो भएमा जागिर परिवर्तन गर्ने।

नियमित व्यायाम गर्ने।

सन्तुलित आहार खाना खाने।

लामो समयसम्म कठोर आसन वा समान आसनमा काम नगर्ने।

– कुनै पनि सामान वा भारी उठाउँदा हडबडमा बलपूर्वक नउठाउने।

– टिभी हेर्दा, मोबाइल, ल्यापटप चलाउँदा सोफामा ढल्केर, निहुरेर चलाउने, खेल्ने नगर्ने। सधैं सिधा रहेर चलाउने या टेबलमा बसेर चलाउने।

– लामो समयसम्म एकै पोजिसनमा नबस्ने। बीचबीचमा आराम गर्ने, केही बेर सिधा रहेर ढाडलाई आराम गर्ने र फेरि काम गर्ने।

– मोटरबाइक चलाउँदा, ड्राइभिङ गर्दा झुकेर नचलाउने। ढाड तथा कम्मर दुख्नेले ड्राइभिङ केही समयका लागि नगर्ने।

–कुर्सीमा बस्दा उपरखुट्टी लगाएर नबस्ने, दुबै खुट्टाले ढ्याप्प भुइँमा टेकेर सिधा बस्ने।

–सुत्दा उत्तानो सुत्ने। उत्तानो सुत्नु सबै समस्याका लागि लाभदायक हुन्छ। दायाँ र बायाँ कोल्टो वा बांगो बनाएर सुत्दा रक्त संचार पनि सही ढंगले हुन पाउँदैन र नसामा पनि समस्या आउँछ।

– बाक्लो ओछ्यान र फममा नसुत्ने। तकिया धेरै अग्लो हुनुहुँदैन।

–हिँड्दा शिर निहुराएर, कुप्रेर नहिँड्ने। जहिले पनि छाती चौडा पारेर, फूर्तिलोसँग हिँड्ने। यसले मनोबल बढाउन सहयोग पुग्छ।

–चर्को या तीव्र दुखाइमा व्यायाम गर्नु हुँदैन। आराममा बस्नुपर्छ।

–धेरै मोटो मान्छेलाई आसन गर्न गाह्रो हुन्छ। त्यसैले पहिला खाना मिलाएर तौल घटाउने र बेलुकी सुत्दा कम्मरमा सेकेर सुत्ने।

स्वस्थ र निरोगी रहन हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको हेरचाह आफैंले गर्नुपर्छ अरुले गरिदिएर हुँदैन। अरुले त सल्लाह र सहयोग गरिदिने मात्र हो। त्यसैले सधैं स्वस्थ रहन उचित खानपानका साथै उचित शारीरिक गतिविधि र उचित विचार गरौं। आफू पनि स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ रहन प्रेरित गरौं। आफ्नो स्वास्थ्य आफ्नै हातमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma