Developed By Kuldeep Sharma

April 1, 2023

महालेखा परिक्षक टंकमणि शर्माद्वारा परिषद्को नवौँ राष्ट्रिय अधिवेशन उद्घाटन

काठमाडौं। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गरेका छन्।

आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो धनगढीको ॐ पार्टि प्यालेसमा अधिवेशनका प्रमुख अतिथि टंकमणि शर्मा दंगालले ओैपचारिक रूपमा गरेका हुन्।

शर्माले कार्यक्रममा नेपालमा विस्तारै नैतिकता र इमानदारीताको खडेरी पर्दै गइरहेकोले नैतिकता प्राप्तिका लागि असल आचार, असल कर्म गर्दै अगाडि बढने युवा शक्तिको आवश्यकता रहेको बताए।साथै समय, धन, र उर्जा कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्नु पर्ने बताएका छन्।

उनले वर्तमान समयमा नेपालको अर्थतन्त्र विस्तारै कमजोर हुँदै गइरहेको र त्यसको कारण पूजीँको अभाव, सीप र रोजगार र उत्पादनको कमि नै भएकोले त्यसका लागि ती चिजहरूलाई जोड दिएर अगाडि बढनु पर्ने आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयर गोपी हमाल, प्राध्यापक हेमराज पन्त, नवनिर्वाचित राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय अध्यक्ष गोपीनाथ कंडेल, राष्ट्रिय सचिव,वर्षा सापकोटा, प्रदेश सचिव प्रदिप भट्ट, जिल्ला अधिकारी , विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक एवं हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख दीपक कुमार अधिकारी,स्तम्भकार श्रीकृष्ण अनिरूद्व गौत्तम, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष् चौहान लगायत धनगढीमा शैक्षिक, व्यवसायीक, सामाजिक र आध्यात्मिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma