Developed By Kuldeep Sharma

बैशाख १२, २०७९

पेप्सीको नयाँ प्रवद्र्धनात्मक अभियान सञ्चालन

काठमाडौं।पेयपदार्थ पेप्सीले नयाँ प्रवद्र्धनात्मक अभियान सञ्चालन गरेको छ।

पेप्सीले ब्रान्ड सद्भावनादूत प्रदीप खड्का अभिनीत बहुरंगी टीभीसी सार्वजनिक गरेको हो।
नयाँ प्रचारात्मक अभियाको शुभारम्भ गर्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरिले पेप्सी सधैँ युवा पुस्ताको रोजाइ बन्दै आएको बताएका छन।

“नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरुमध्येको एक हो। पेप्सीद्वारा सुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाको स्वाएगलाई प्रतिविम्बित गर्दछ,” उनले भने।
प्रचार अभियानबारे ब्रान्ड एम्बेसडर खड्काले भने, “पेप्सीको स्वाएग दर्शन मसँग सधैँ नै प्रतिध्वनित हुने गरेको छ।

ब्रान्डको कठोर अवस्थाले यसलाई युवासँग अत्यन्त सान्दर्भिक बनाइदिएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma