Developed By Kuldeep Sharma

April 27, 2022

एक पदमा महिला अनिवार्य हुनुपर्ने मागको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनैपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले उल्लंघन गरेको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले उक्त रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोगलाई विपक्षी बनाएर बैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

अन्सारी राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगकी पूर्वसदस्यसमेत हुन्। निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन प्रक्रिया नरोकिने भएको छ। राजनीतिक दलहरुले गठबन्धनका आधारमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार दिँदा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णय संविधानको भावनाविपरीत रहेको भन्दै अन्सारीले यसलाई रोक्न परमादेशको माग गरेकी थिइन्।

एउटै चिन्हबाट चुनाव लड्ने प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनु पर्ने व्यवस्था छ भने गठबन्धन गरेर फरफ-फरक चिन्हबाट चुनाव लड्दा महिला अनिवार्य हुनु नपर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma