Developed By Kuldeep Sharma

April 29, 2022

गठबन्धनको निर्णय : बागी उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने

काठमाडौं। सत्ता गठबन्धनले आफ्ना साझा उम्मेदवारविरुद्ध परेका बागी र स्वतन्त्र उम्मेदवारी तत्काल फिर्ता लिन पुनः निर्देशन दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको हो।

केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma