काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिएकामध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
निर्वाचन आयोगको कार्य तालिका अनुसार वैशाख १६ गते बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्य तालिका थियो। कतिपयले राजनीतिक दलको दबाबमा परेर उम्मेदवारी फिर्ता लिएका हुन् भने कतिपयले राजनीतिक दलको अनुरोधमा उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिएसँगै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह पनि प्रदान गरिसकेको छ। आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तय भएको छ।
यस्तो छ फिर्ता लिनेको सूची
प्रतिक्रिया