काठमाडौं। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ३० हजार बढीले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसले आइतबार पत्रकार सम्मेलन गर्दै निर्वाचनमा ३० हजार ६२८ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिएको छ।
प्रमुख पदमा २६२, अध्यक्ष पदमा ३७२, उपप्रमुख पदमा १९४, उपाध्यक्ष पदमा ३४०, वडाध्यक्षमा ६ हजार ४३, महिला सदस्यमा ५ हजार ९३९, दलित महिला सदस्यमा ५ हजार ६९१ र सदस्यमा ११ हजार ७८८ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, ६२३ जनाले उम्मेदवारी फिर्ता लिएको कांग्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
हेर्नुहोस् कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिः
प्रतिक्रिया