Developed By Kuldeep Sharma

May 1, 2022

यो निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छः प्रवक्ता डा. महत

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गरेका छन्।

निर्वाचनको तयारी र गतिविधिबारे जानकारी गराउन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले निर्वाचनले बहुमतका साथ सरकार बनाउने नयाँ आधार सिर्जना गर्ने बताए । चुनावमा सहभागी हुन कांग्रेस उत्साही रहेको महतले बताए ।

‘बहुमतको सरकार निर्माण गर्न यो निर्वाचन एउटा कोशेढुङ्गा सावित हुनेछ, अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा यो सरकारलाई विश्वास प्राप्त भएको छ। हामी कुरा होइन, काम गर्छौं’, डा. महतले भने, ‘त्यो बोटोमा देश जानुपर्छ, त्यो भयो भने मात्रै देश साँचो अर्थमा समृद्धिको बाटोमा उन्मुख हुनेछ ।’

उनले जनताको सबैभन्दा नजिकको स्थानीय सरकारको सुव्यवस्थापनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma