धनगढी। भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिवद्धता सार्वजनिक गरेको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिवद्धता पत्र सोमबार सार्वजनिक गरेको हो । साथै नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि सो प्रतिवद्धतापत्रमा उल्लेख छ।
‘विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरुको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटकपटक प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको परिवर्तन हुने गरेको, कानुन तथा नीति निर्माणमा लामो समय अल्झिनु परेको सबैमा विदितै छ’ प्रतिवद्धता पत्रमा भनिएको छ –‘नयाँ परिवेशमास्थानीय सरकार संचालनको अभ्यासकाक्रममा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनता समक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने र राम्रा अनुभव र सिकाइलाई धनगढी उपमहानगरको विकास र समृद्धिका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।
सो प्रतिवद्धता पत्रमा धनगढी उपमहानगारपालिकालाई महानगरपालिका बनाउन र शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट लिइने उल्लेख छ।
सो प्रतिवद्धतापत्रमा सडक किनारामा वृक्षरोपण गरिने, ‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतमा पाँचदेखि दश वटा विरुवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाहरूको दुबै किनारमा पैदल मार्ग निर्माण गरिने, पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने, उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधा सम्पन्न र सबैले गौरव गर्न लायक “नमुना बस्ती”बनाइने प्रतिवद्धता जनाइएको छ।
यस्तै, विद्यालयमा बालबालिकाको शत प्रतिशत पहुँच पु¥याउन ‘हेप्पी स्कुल’को अवधारणाअन्र्तगत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरुको विद्यालय छोडर शून्यमा झारिने, धनगढी उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगर बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने र निजि विद्यालयहरुको शुल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।
प्रतिक्रिया