काठमाडौं। टोखा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
मेयर पदका उम्मेदवार रजनी थापा र उपमेयरका उम्मेदवार मुमारी तामाङले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक घोषणापत्रमा प्रमुख १० एजेण्डा समेटिएका छन्। जसमा सार्वजनिकस्थलमा निःशुल्क इन्टरनेटदेखि करको दायरा फराकिलो पारी करको दायरा घटाउन योजना तयार पारी लागु गर्ने, घर नम्बर डिजिटल गर्ने, कृषि विमा गर्ने, घरघरमा कौशी खेती प्रर्वधन गर्ने, घरघरमा विरुवा रोप्ने अनिवार्य गर्ने कार्यक्रम समेटिएका छन्।
त्यस्तै, कृषि पर्यटन र होमस्टेका कार्यक्रम लागु गर्ने, महामारी नियन्त्रणका लागि छुट्टै कोष स्थापना गर्ने घोषणापत्रका उल्लेख छ।
प्रतिक्रिया