Developed By Kuldeep Sharma

May 3, 2022

६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म सबै जिल्लामा पुग्छः आयोग

काठमाडौं। यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाइ सम्पन्न गरेको छ। आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।

आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइ कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाइ कार्य भइरहेको छ। पुनः छपाइ भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले बताए। निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।

आउने शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma