काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ।
मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर मात्र गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै त्यसको अनुगमन गर्न सोही अनुसार गराउन निर्देशन दिएका हुन्।
उम्मेदवारको खर्च बैक खाताबाट संचालन गर्ने सम्बन्धमा सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था छ।’
प्रतिक्रिया