Developed By Kuldeep Sharma

May 4, 2022

निर्वाचनबारे राष्ट्रपति भण्डारीको चासो, निर्वाचन आयोगका पदाधिकारीलाई के भनिन्?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेट गरेका छन्।

बुधबार राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखिन्।

भेटका अवसरमा प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले मिति २०७८।१०।२५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए।

उक्त अवसरमा राष्ट्रपतिले आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको कुरा उल्लेख गरिन्।

राष्ट्रपतिले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरुले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाध रुपमा मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma