काठमाडौं । निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक दीपेन्द्रबहादुर शाहीलाई फिर्ता पठाइएको छ। निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै शाहीलाई फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोगले जनाएको छ। बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवार गाडी ठोक्किए पछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गरेको आयोगको भनाइ छ।
घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले एसपी शाहीलाई फिर्ता लैजान आयोगबाट पत्र प्राप्त भएको जानकारी दिए। ‘फिर्ता गर्नुको कारण भने खुलिसकेको छैन। हामी बुझ्दै छौं।’
प्रतिक्रिया