Developed By Kuldeep Sharma

May 5, 2022

बागी उम्मेदवारी दिएका उम्मेदवारलाई कांग्रेसले गर्‍यो पार्टीबाट निस्काशित

काठमाडौं। स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली कांग्रेसले पार्टीबाट निस्काशित गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिएकालाई नेपाली कांग्रेसले पार्टीबाट निस्काशित गरेको जानकारी दिएका छन्।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निस्काशित हुने वैधानिक व्यवस्था रहेको छ ।

साथै, कांग्रेसले बागी उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउनका लागि जिल्ला कार्यसमितिलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma