काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारले चुनाव प्रचारप्रसारको क्रममा गर्ने खर्चको सूक्ष्मरूपमा अनुगमन गरी बैशाख ३० गते अगावै पठाउन निर्देशन दिएको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई सो निर्देशन दिएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्मरूपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अगावै गोप्यरूपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ।’
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया