बाजुरा। बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) का कार्यकर्ताको झडपले उग्र रुप लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताको झडपले उग्र रुप लिएपछि त्यहाँ प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको मुलुक प्रेसलाई जानकारी दिए। अहिले त्यहाँको स्थिति नियन्त्रणमा आएको उनले बताए ।
उनले घटनामा १० प्रहरी, कांग्रेसका ३ र समाजवादीका २ जना कार्यकर्ता घाइते भएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी बोगटीका अनुसार नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको थिए। संरक्षणका लागि नेकपा एसका कार्यकर्ता प्रहरी चौकीमा पुगेपछि त्यहीँ कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए।
त्यहाँ सदरमुकामबाट सिडिओ र डिएसपीको टोली गइरहेको छ।
प्रतिक्रिया