Developed By Kuldeep Sharma

May 7, 2022

निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान

काठमाडौं। यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज काठमाडौंको राष्ट्रियसभा गृहमा नमुना मतदान गरिएको छ। काठमाडौं उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरूको सहभागितामा नमुना मतदान भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान कार्यक्रम राखेको हो। स्थानीय तह निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरूष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्नेछन्।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma