Developed By Kuldeep Sharma

May 8, 2022

बैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं। वायुसेवा सञ्चालक सङ्घले वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको छ।

स्थानीय तह चुनाव हुने दिन सबै नियमित आन्तरिक सेवा बन्द गर्ने संघले जनाएको हो। तर, उक्त दिन मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन्।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma