Developed By Kuldeep Sharma

May 8, 2022

उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिनूः निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्था विपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमहरूलाई पुनः आग्रह गरेको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको हो।

विज्ञप्तिमा निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिई समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफूखुसी कसैलाई बढवा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने, कतिपय सञ्चारमाध्यमले मतदाताहरूसँग अन्तर्वार्ता लिने क्रममा कसलाई मतदान गर्नुहुन्छ ? भनी उत्तर दिन बाध्य पार्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारलाई आयोगले पुनः आग्रह गरेको छ । आयोगले आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सकिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma