Developed By Kuldeep Sharma

May 9, 2022

एमाले कार्यकर्ताको घर भेटियो साडी, मतदातालाई बाँड्न राखेको आरोप

पश्चिम नवलपरासी। सुनवल नगरपालिका–१२ मा एमाले कार्यकर्ताको घरमा साडी भेटिएको छ।

एमालेका कार्यकर्ता सुरेश यादवको घरमा एक बोरा (७३ पिस) भेटिएको प्रहरी जनाएको छ। उक्त साडीलाई प्रहरीले बरामद गरेको छ।

साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीका अनुसार साडी चुनावमा बाँड्न ल्याएको हो वा अन्य के प्रयोजन भन्नेबारे अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma