Developed By Kuldeep Sharma

May 10, 2022

कांग्रेस नेतृ आरजु राणालाई पनि सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई स्पष्टीकरण सोधेको छ।

बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

त्यस क्रममा उनले गठबन्धनलाई जिताए केहीलाई मलेसियाको फ्री भिसा फ्री टिकट दिने आश्वासन दिएकी थिइन्। मंगलबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए। उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ, छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ,’ आयोगले पठाएको पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma