काठमाडौं। प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ ।
८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्ता÷सूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।
२०७८ चैत २६ गतेदेखि हालसम्म कुल १३९ सञ्चार माध्यमबाट १५० वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएकोमा ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए।
साथै पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा सामाजिक सञ्जाल (फेसबुक)बाट कुनै दलविशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षणसमेत गराइएको छ ।
प्रतिक्रिया