काठमाडौं। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ।
स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गरिने जनाएको हो। मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएकोे नियोकले जनाएको छ। नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने बताए।
पनि नियोकले जनाएको छ । मतदानस्थलमा भएका घटनाका बारेमा जानकारी दिन नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको छ। यी नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छन्। नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ।
नियोकले मङ्गलबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ ।
प्रतिक्रिया