Developed By Kuldeep Sharma

May 12, 2022

निर्वाचनको तयारी पूरा, छैन ‘सुरक्षा थ्रेट’

काठमाडौं। निर्वाचन आयोगले आज हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको बताएको छ।

देशैभर आज स्थानीय तहको निर्वाचन हुदैछ। आयोगले पत्रकार सम्मेलन गरि निर्वाचनको तयारी पुरा भएको जनाएको हो। नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई स्वस्च्छ, स्वतन्त्र र भयमुक्त बनाउने वातावरण समेत बनाएको बताए।

आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ। उनले अहिलेसम्म ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षण गराएको समेत बताए।

यस्तै आयोगले निर्वाचनको लागि तीन घेराको सुरक्षा प्रवन्ध मिलाएको पनि जनाएको छ। मतदानस्थलमा नेपाली सेनाको उपस्थिति मतदाताहरुलाई सुरक्षाको प्रत्याभूति गराउन नै भएको आयोगले जनाएको छ। आयोगले निर्वाचनमा सुरक्षाको कुनै थ्रेट नभएको दावी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma