भरतपुर। नेकपाा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मुख्य निर्वाचन अधिकृत कार्यालयले आठ घण्टे स्पष्टीकरण सोधेको छ।
मौन अवधिमा आचारसंहिता पालना नगरेको र मतदाता प्रभावित पार्न हिँडेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रचण्डलाई आठ घण्टे स्पष्टीकरण सोधेको हो।
प्रचण्डविरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका थिए।
प्रचण्डले मौन अवधिमा आचारसंहिता पालना नगरेको र मतदाता प्रभावित पार्न हिँडेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुजा सिंह, चितवनका सीडीओ अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ।
उनीहरुलाई प्रचण्ड भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको थाहा छ, छैन ? प्रचण्ड भरतपुर पुग्दा तपाईंले वहाँसँग भेट गरी वहाँको कार्यक्रमको जानकारी लिनुभयो, भएन ?’ भनेर स्पष्टिकरण सोधिएको छ। साथै, प्रचण्ड भरतपुर पुग्दा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन आदेश भएको–नभएको, प्रचण्डको चुनावी प्रचार गरिरहँदा त्यसलाई रोक्न आदेश दिएको–नदिएकोबारे स्पष्टीकरणमा सोधिएको छ।
आयोगले सबैलाई ८ घण्टाभित्र स्पष्टीकरण दिइसक्न भनेको छ।
प्रतिक्रिया