काठमाडौैं। दोलखाको वैत्येश्वर गाउँपालिका वडा नम्बर ३ स्थित कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको छ।
शुक्रबार बिहान करिब १ सय मत खसेपछि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ।
अहिले नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएर पुनः मतदान सुरु गर्ने तयारी थालिएको छ।
वैत्येश्वर गाउँपालिकाका वडा नम्बर १ र २ मा पनि अवस्था तनावपूर्ण छ।
त्यस्तै, बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएको बताइएको छ।
प्रतिक्रिया