Developed By Kuldeep Sharma

May 13, 2022

दोलखा र बारापछि बाजुरा र हुम्लामा पनि झडप, अवस्था तनावग्रस्त

बाजुरा। बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।

दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ।

यस्तै, हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको छ। झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।

झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन्।

यसअघि दोलखा र बारामा झडप भएको थियो। प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो भने त्यहाँ मतदान रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma