रामेछाप। मतदानको क्रममा रामेछापका दुई स्थानमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको छ।
दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ।
त्यस्तै, खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा ७ राउण्ड हवाइ फायर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले अहिले स्थिति नियन्त्रणमा आएको र मतदान सुचारु गराउन पहल भइरहेको जानकारी दिए।
दोलखा, बारा, बाजुरा र हुम्लामा पनि झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ।
प्रतिक्रिया