Developed By Kuldeep Sharma

May 13, 2022

बझाङका मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय

बझाङ। बझाङका मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मा वि पिमी कैलाश मतदान केन्द्र र बुंगल–८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको थियो। उक्त शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको थियो। ती दुवै शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma