Developed By Kuldeep Sharma

May 13, 2022

अछाम र डोटीमा तवान, ३ स्थानमा मतदान स्थगित

धनगढी। अछामको साफेबगर नगपालिका–१३ बाब्लामा मतदान स्थगित भएको छ।

मतदान जारी रहेकै बेला दुई पक्षबीच झडप भएपछि बाब्लामा मतदान स्थगित भएको हो। बाब्लामा नेकपा एमाले–नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको जानकारी दिए। उनले आफूहरु मतदान अधिकृत र मतपेटिकाको सुरक्षामा लागेपछि झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए।

शाहीले अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।

मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसालेपछि उमेदवारबीच विवाद भएको थियो ।

जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाश बहादुर आलेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma