काठमाडौं। मतदान गर्न गृहजिल्ला रौतहट पुगेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान पुगेका पुर्व प्रधानमन्त्री नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको हो।
उनीविरुद्ध ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी भएको हो। रीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरेका थिए। नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन।
प्रतिक्रिया