गोरखा। भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ।
अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचन केन्द्रमा खटिएकी कर्मचारी मनीषा थापा मगर घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टामा गोली लागेको छ ।
स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो। सोही क्रममा विवादले उग्ररुप लिएपछि माओवादी र कांग्रेसका कार्यकर्ता मतपेटिका राखेको कोठामा छिरेपछि प्रहरीले गोली चलाउँदा मगरलाई लागेको गोरखाका एसपी केदार खनालले जानकारी दिए।
प्रतिक्रिया