काठमाडौं। शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं उपत्यकासहित हिमाल, पहाड र तराई–मधेसका अधिकांश स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो।
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचनलाई अति उत्साहजनक भन्न सकिने अवस्था नभएको बताए।
आयुक्त पौडेलले भन्नुभयो, ‘कतिपय स्थानमा सुरक्षाको कमी भएको अनुभव गरिएको छ, २०७४ सालको निर्वाचनमा यस्तो अवस्था आएको थिएन।’
आयुक्त पौडेलका अनुसार, आयोगले बिहान ७ देखि ५ बजेसम्म मतदानको अवधि तोकिए पनि ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले आज ८–९ बजेसम्म पनि मतदान गर्नेछन्।
कम्तीमा ६५ प्रतिशतभन्दा बढी मतदान हुने आयोगको अनुमान छ। आज ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको विवरण आयोगले सार्वजनिक गरेको थियो।
कतिपय स्थानमा मतदान जारी रहेकाले कुल मतदान प्रतिशत आइसकेको छैन।
प्रतिक्रिया