Developed By Kuldeep Sharma

May 13, 2022

अपेक्षाअनुसार शान्तिपूर्ण रुपमा चुनाव भएन : मानव अधिकार आयोग

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले पालिका चुनाव अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

आयोगले पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार दल, उम्मेदवार र कार्यकर्ताले संयमितता अपनाउन नसकेको जनाएको हो।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली, आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामा अनुगमन गरेको आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिए। उनले झडप, मतपेटिका तोडफोड, मतदान अधिकृत कुटिने जस्ता घटना भएका पनि बताए।

अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको बताए।

त्यस्तै बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरीलगायतका जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र मतदान प्रभावित भएको पाइएको आयोगले जनाएको छ।

मानव अधिकार आयोगले मतदान स्थगन भएका क्षेत्रमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र सरकारलाई आग्रह गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma