उदयपुर। कटारी नगरपालिका–१० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्दा एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा १९ वर्षीय नविन कटुवालको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीले जानकारी दिएको छ।
उक्त घटनामा १४ वर्षका मन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनी घरमा बसिरहेको अवस्थामा खुट्टामा गोली लागेको थियो।
माओवादी केन्द्रका कार्यकर्ताहरुले गरेको ढुङ्गामुडाबाट प्रहरी जवान विष्णु तामाङ्गको टाउकोमा चोट लागि घाइते भएको भएका छन्।
मतपेटिका सिल बन्दी गर्ने क्रममा नेकपा माओवादी केन्द्रका करिब ५०/६० जना कार्यक्रताहरुले मतपेटिका लुट्ने प्रयास गरेपछि तनाव उत्पन्न भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड गोली चलाएको थियो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया