काठमाडौं। निर्वाचन आयोगले देशभर करिव ६४ प्रतिशत मतदान भएको जनाएको छ।
निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन देशभर करिव ६४ प्रतिशत मतदान भएको जनाएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केही छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए। उनले अपेक्षित रुपमा मत नखसेको बताए।
उनले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरुको आपसी विवाद, झडप र वर्षाका कारण मतदान स्थगित भएको जानकारी दिए।
प्रतिक्रिया