बाजुरा। जिल्लाका दुई स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ ।
जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट जोगाउनका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
राति ८ बजे देखी भोली बिहान ७ बजे सम्मका लागि जारी गरिएको प्रशासनको पत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया