Developed By Kuldeep Sharma

May 14, 2022

अछामका दुई वडामा पुनः मतदान हुने, के थियो विवाद ?

अछाम। अछामका दुई वडामा पुन मतदान हुने भएको छ।

साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीमा पुन मतदान हुने भएको हो। निर्वाचन आयोगले दुबै स्थानीय तहका निर्वाचन अधिकृतलाई पुन मतदान गराउन निर्देशन दिएको छ।

निर्वाचन आयोगले पठाएको निर्देशनअनुसार पुन मतदान हुने सूचना जारी गरेको साँफेबगर नगरपालिकाका निर्वाचन अधिकृत याम नारायण गौलीले बताए।

बाब्लाको राष्ट्रिय माविको ‘क’ र ‘ख’ केन्द्र र लयाँटीको नवज्योति माविमा पुनः मतदान गर्न आयोगले निर्देशन पठाएको हो। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० अनुसार पुनः मतदान गर्ने व्यवस्था मिलाउन अधिकृतलाई भनिएको छ।

शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा झडप दुई पक्षबीचमा झडप हुँदा मतदान कार्य दिउँसोबाट रोकिएको थियो। बाब्लास्थित मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच शुक्रबार बिहान करिब ९ बजे तिर भएको थियो।

बाब्लामा ३४४ मत खसेको छ। उक्त मतदानस्थलमा एक हजार ९६९ मतदाता रहेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार र काँग्रेस बिच झडप हुँदा लयाँटीमा रहेको क र ख मतदान केन्द्र दिउँसो १२ बजेबाट मतदान रोकिएको थियो। उक्त झडपमा पनि तीन जना घाइते भएका र स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइफायर समेत गर्नुपरेको थियो।

लयाँटीको ‘क’ र ‘ख’ केन्द्रमा एक हजार ५७५ मतदाता रहेकोमा झडप हुनअघि ४२१ मत खसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma