Developed By Kuldeep Sharma

May 14, 2022

देउवाको गृह पालिकामा कांग्रेस विजयी, वडामा पराजित

डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ। यता गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा भने नेपाली कांग्रेस पराजित भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बिपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बिपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरे।

काङ्ग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर काङ्ग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बिच चुनावी तालमेलसमेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma