काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर र सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
स्वामिकार्तिकखापर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर रोकाया २०११ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चतुर्भुज शाहीले १७५७ मत ल्याए।
त्यस्तै स्वामिकार्तिक खापरको उपाध्यक्षमा पनि नेपाली कांग्रेसका मैना जोशी १८१० मत ल्याए निर्वाचित भइन्। त्यहाँ एमालेकी सुलोचना भण्डारीले १६३७ पाइन्।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित भएकी छन् । उनले १ हजार २६० मत ल्याउँदै माओवादी केन्द्रका डम्बर बस्नेतलाई पराजित गरिन्। बस्नेतले १ हजार ११३ मत ल्याए।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचित भइन्।
प्रतिक्रिया