Developed By Kuldeep Sharma

May 16, 2022

कालीकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

कालीकोट। यहाँका ९ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ।

दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् ।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए। स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्। उनले २७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका भए। पाण्डेले २३६६ मत पाए।

उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशबहादुर शाही विजयी भए। उनले २५१५ ल्याए।

त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी भए। उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याएर पराजित गरे।

उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याइन्।

यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma