Developed By Kuldeep Sharma

May 17, 2022

हालसम्म कुन पार्टीले कति स्थानीय तह जिते ?

काठमाडौं। बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ।

हालसम्म ३ सय ६६ भन्दा बढी स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेको छ।

जसमा नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा जितेर पहिलो स्थानमा छ । त्यसपछि एमाले, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) छन् ।

स्वतन्त्र उम्मेदवार ८ स्थानीय तहमा विजयी हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले खाता खोल्न सकेको छैन।

कुन पार्टीले कति जिते ?
नेपाली कांग्रेस – १६४
नेकपा एमाले – १०६
माओवादी केन्द्र – ७८
स्वतन्त्र – ९
समाजवादी – ५
जसपा – ४

मतगणना भइरहेको स्थानीय तहमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma