चितवन। भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्।
३० हजार ७४८ मत गणना गर्दा रेनुले २ हजार ५८ मतको अग्रता लिएकी हुन्।
रेनुले ११ हजार २८८ मत पाएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत ल्याएका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४६० तथा राप्रपाका हिमला गुरुङले ७ हजार ४६० मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया