काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै डंगोलविरुद्ध वैशाख १६ गते अख्तियारमा उजुरी दर्ता गरिएको हो।
उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ। मेयर विद्यासुन्दर शाक्यले डंगोललाई काठमाडौं महानगरपालिकाको शहरी बिकास परियोजनामा विज्ञ सल्लाहर पदमा मासिक ८० हजार रुपैयाँ तलब बुझ्ने गरी नियुक्त गरेको उजुरीमा उल्लेख छ। उनले शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको पनि उजुरीमा उल्लेख छ।
प्रतिक्रिया