Developed By Kuldeep Sharma

May 3, 2022

हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक : १० हजार लिटर पानी र ३०० युनिट विजुली निःशुल्क

काठमाडौं । सत्तारुढ गठबन्धनले मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गरिन्। न्यूनतम ३०० युनिट विद्युत पनि नि:शुल्क वितरण गर्ने योजना रहेको लामाले जानकारी दिइन्।

नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका राजेश बानियाँले १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी चिकित्सकसहितको स्वास्थय सेवा उपलब्ध गराइने बताए। ‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छौं। प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यायमशाला र पुस्तकालय निर्माण गर्नेछौं’, बानियाँले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma