Developed By Kuldeep Sharma

May 2, 2022

एमालेले १५ जनालाई पार्टीबाट निकाल्यो

काठमाडौं । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिने १५ जनालाई कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो।

एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरूका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरूको पक्षमा लाग्न आग्रह गरेको छ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख गरिएको छ।

पार्टीबाट निस्कासन हुनेमा देवदह नगरपालिका- १ का हरिबहादुर तामाङ, देवदह-५ का तोलराज बिक, देवदह-७ का पदम थापा, ओमसतिया-२ का इन्द्रजीत यादव, ओमसतिया-४ का बेचुराम जयसवाल र रामशंकर चाई छन्।

त्यस्तै रोहिणी-१ का अनिता हरिजन, रोहिणी-२ का कान्छा कोहार, रोहिणी-४ का नन्दकिशोर कुर्मी, रोहिणी-५ का पशुपतिनाथ यादव र बुटवल-१६ की बबिता आचार्य छन्। त्यसैगरी सियारी-४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा-६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा-६ का हरि पाण्डे र तिलोत्तमा-५ का हरि पौडेल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma